कीवर्डहरू -

खल्तीबाटै \'द एलिमेन्ट अफ सेलिब्रेसन\' को टिकट काट्न सकिने

खल्तीबाटै \'द एलिमेन्ट अफ सेलिब्रेसन\' को टिकट काट्न सकिने

द एलिमेन्ट अफ सेलिब्रेसनको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा डार्क हर्स इभेन्ट्सले 'द एलिमेन्ट अफ सेलिब्रेसन' नामक साङ्गितिक कार्यक्रम आयोजना गर्दैछ ।

र्याकेट बार एण्ड इभेन्ट्स, कपनमा हुने उक्त कार्यक्रम आगामी वैशाख १ गते दिउँसो ३ बजेबाट सुरु हुनेछ । कार्यक्रममा द एलिमेन्ट ब्याण्डको प्रस्तुती रहनेछ ।

द एलिमेन्ट ब्याण्डको प्रस्तुतीसँगै अरु आर्टिस्ट तथा बयाण्डहरुले पनि प्रदशर्नी गर्नेछन् र त्यहाँ विभिन्न फुड तथा ड्रिङ्क स्टलहरु पनि राखिने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि ५०० रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ र सो टिकट डिजिटल वालेट खल्तीबाट खरिद गर्न सकिने छ । टिकट काट्नकालागि यहाँ क्लिक गर्नुहोस् ।