कीवर्डहरू -

५० वर्षअघि आजकै दिन भएको थियो मोबाइलबाट पहिलो कल

५० वर्षअघि आजकै दिन भएको थियो मोबाइलबाट पहिलो कल

‘हेल्लो ! जोएल , म तिमीलाई साच्चै नै सेलुलर फोनबाट कुरा गरिरहेका छु। हातमा बोकेर हिँड्न मिल्ने फोनबाट।’

यो संवाद हो आजभन्दा ५० वर्षअघि ३ अप्रिल, सन् १९७३  अर्थात् आजकै दिन डा. मार्टिन कुपूरले आफैले बनाएको क्रिम रङ्गको मोटोरोला कम्पनीको फोनबाट न्‍यूयोर्कमा रहेका प्रतिस्पर्धी डा. जोएल एंगल्ससँग बिना तार कल गरेका थिए ।

कूपरको कुरा सुनेर डा.एंगल एकछिन छाँगाबाट खसेजस्तो भए। किनकी उनीसँग संवाद गर्ने कुनै शब्द थिएन। सायद उनका प्रतिस्पर्धी कूपरले उनकै अगाडी बिना तार जो फोन गरेका थिए । विश्वको पहिलो फोन यही सेलुलर मोबाइल थियो ।

मोटोरोला कम्पनीका अनुसन्धानकर्ता मार्टिन कुपर । उनले आफूले तयार पारेको मोटोरोला डाइना-ट्याक ८०००एक्स हाते फोनबाट एटी एण्ड टीका जोएल एंगललाई फोन गरेका थिए। त्यतिबेला यो मोबाइलको तौल २ केजी थियो।

डा. कुपरले पहिलो पटक मोबाइल फोनको आविषकार सन् १९७३ मा गरे पनि बजारमा आउन यसलाई १० वर्ष लाग्यो। उक्त फोनको बारे थुप्रै अनुसन्धान गरियो र पछि सन् १९८३ देखि यसको बिक्री सुरु भयो।

अमेरिकाको न्युयोर्क शहरमा मोबाइल फोनको बिक्री सुरु हुँदा यसको बजारमूल्य ३ हजार९९५ अमेरिकी डलर अर्थात अहिलेको बजार मूल्यको हिसाबले १० हजार अमेरिकी डलर परेको थियो।

\"\"

त्यतिबेला मोबाइलको तौल घटाएर १.१ केजीमा झारिएको थियो। ९ इन्च अग्लो मोटोरोलाको यो मोबाइलबाट फोन उठाउने र बोल्ने काम मात्र हुन्थ्यो। अहिले जस्तो फोटो खिच्ने र जीपीएस सिस्टम केही पनि सुविधा थिएन। सिमकार्ड हाल्ने सुविधा पनि थिएन।

९० वर्षीय डा. कूपर हास्दै भन्छन्, ‘ के तपाईलाई विश्वास लाग्छ ?  अब हामी कारमा आधारित भएर फोनको विकास गरिरहेकाछौं र पछि यसले हामीलाई १०० वर्षसम्म घर र अफिसको कामको लागि मद्दत गर्नेछ।’

मोबाइल फोनमा डिजिटल प्रविधिको सहयोगले जीएसएमको प्रयोग सन् १९८७ बाट सुरु भयो ।  सन् १९९२ मा आएर पहिलोपटक एसएमएसको सुविधा उपलब्ध भयो। बेलायतमा पहिलोपटक म्यासेज पठाएर यसको सुरुवात भएको थियो।

क्यामेरासहितको मोबाइल फोनको आविस्कार सामसुङ कम्पनीले सामसुङ एससीएच-भी२००० फोनबाट गरेको थियो। यतिबेला २० वटासम्म फोटो खिच्ने सुविधा थियो, तर कसैलाई पठाउन सकिदैन्थ्यो। जे–एसएच०४ मोडलको फोनबाट मात्र खिचेको तस्बिर अन्य मोबाइलमा पठाउने कार्यको सुरुवात भएको थियो। यी दुवै मोबाइलको आविस्कार एसियामा भएको थियो।

इन्टरनेटसँग जोडिएको पहिलो मोबाइल फोन नोकिया ९००० हो। यो सन् १९९६ मा सार्वजनिक भयो। यस्तै आइफोनको सुरुवात सन् २००७ बाट भयो। विश्वमा हाल ६.९२ अर्ब स्मार्टफोन प्रयोगकर्ता छन् भने नेपालमा ७३ प्रतिशत परिवारमा इन्टरनेट पुगेको छ । बीबीसीबाट