कीवर्डहरू -

एनक्यासबाट अब फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

एनक्यासबाट अब फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

फोनपे र एनक्यासबीच सहकार्य भएको छ । सहकार्यसँगै अब डिजिटल वालेट एनक्यासबाट फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने छ ।

सोमबार आयोजित एक कार्यक्रमकाबीच फोनपे र एनक्यासबीच सम्झौता पत्र आदान प्रदान भएको थियो । कार्यक्रममा फोनपेका सीईओ दिवस सापकोटाले डिजिटल माध्यमबाट जनजीवन सहज बनाउने उद्देश्यले काम गरिरहेको बताए ।

‘डिजिटल कारोबारलाई सहज बनाउन काम गरिरहेका छौं । त्यसैअनुसार एनक्याससँग सहकार्य भएको हो,’ उनले भने, ‘यस सहकार्यले दुबैलाई फाइदा पुग्ने विश्वास गरेका छौं ।’

त्यस्तै कार्यक्रममा बोल्दै सुलभ पे प्रालि (एनक्यास) का सीईओ शमल बुढाथोकीले फोनपे पनि आवद्ध भएसँगै नेपालका सबै क्युआर एनक्यासबाट स्क्यान गरी भुक्तानी गर्न सकिने जानकारी दिए ।

एनक्यासले यसअघि स्मार्ट क्युआर र नेपाल क्युआरलाई आवद्ध गराइसकेको छ । बजारका अन्य वालेटभन्दा पृथक सुविधा दिने गरी काम गरिरहेको समेत बुढाथोकीको भनाइ छ ।

फोनपे नेपालको सबैभन्दा ठूलो मर्चेन्ट नेटवर्क भएको भुक्तानी प्रणाली सञ्चालक हो । हाल १ करोड ८० लाख बढी प्रयोगकर्ताले फोनपे प्रयोग गरिरहेका छन् । ६० बढी साझेदार संस्था रहेका छन् ।