कीवर्डहरू -

शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स हुँदै

शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स हुँदै

आउँदो शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ नेपाल (सीआईपी-एन) कन्फेरेन्स आयोजना हुने भएको छ ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ इञ्जिनरिङ्ग अन्तर्गतको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको आयोजनामा वेबिनार र सम्मेलन हुन लागेको हो ।

प्राविधिक तयारीका लागि नवप्रर्वतन र साझेदारी थिमसहित वेबिनार र सम्मेल गर्न लागेको काठमाडौं विश्वविद्यालयले जानकारी दिएको छ ।

सीआईपी एनका संयोजक डा. भुपेन्द्र विमल क्षेत्रीका अनुसार सञ्चार तथा सूचना सिंगनल प्रोसेसिङ क्षेत्रमा लागेको अनुसन्धानकर्ता, संस्था, व्यक्ति तथा सरोकारवालानिकायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबार सम्मलेन हुनुभन्दा अगाडि बिहिबार वेबिनार हुनेछ । वेबिनार दिउँसो  र साझ गरेर दुई शत्रमा सञ्चालन हुने जनाइएको छ । वेबिनारमा  विभिन्न विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी शुक्रबार काठमाडौं विश्वविद्यालयको सीभी रमन अडिटोरियम धुलिखेलमा हुने सम्मेलनमा कम्प्युनिकेसन इन्जिनियरिङ, टेक्नोलोजी, इन्फर्मेसन प्रोसेसिङ लगायतका विभिन्न विषयमा बहस र छलफल हुनेछ ।

कार्यक्रमलाई नेपाल टेलिकम, ह्वावे, कनेक्ट आईपीएस, आइसिटी समाचार, नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क, केयु इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स एलिमुनाइ र सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सको सहयोग तथा सहकार्य रहेको छ ।