कीवर्डहरू -

रिना मृत्यु प्रकरणमा अतिरञ्जित सामाग्री सम्प्रेषण गर्ने युट्युब च्यानल प्रहरी निगरानीमा

रिना मृत्यु प्रकरणमा अतिरञ्जित सामाग्री सम्प्रेषण गर्ने युट्युब च्यानल प्रहरी निगरानीमा

विराटनगर । मोरङ पथरीकी रीना खड्का मृत्यु प्रकरणमा अतिरंजित समाचार सम्प्रेषण गर्ने केही अनलाइन् र युट्युव च्यानललाई प्रहरीले निगरानीमा राखेको छ ।

प्रहरीको भनाइ अनुसार ‘हत्याको अनुसन्धान नै पूरा नभइ निक्र्योल नभएको घटनालाई हत्या नै हो’ भन्ने दाबी सहित समाचार सम्प्रेषण गर्ने केही अनलाइन र यूट्युब च्यानलको सूची तयार पारेको छ ।

यस्ता सामग्री प्रस्तुत गर्ने अनलाइन सञ्चालकलाई समेत प्रहरीले अनुसन्धानकै दायरामा ल्याउने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले अहिलेसम्मको अनुसन्धान र प्राप्त प्रमाणलाई थप अधार दिन अनुसन्धानको दायरा झन् फराकिलो बनाइएको जानकारी दिए ।

एसपी केसीले हत्या अथवा दुर्घटना जे भएपनि दुवै प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको बताए । रीनाले मादक पदार्थ सेवन गरे नगरेको, कसरी निर्वस्त्र भइन् जस्ता विषय पनि प्रहरीको सुक्ष्म अनुसन्धानको दायरामा परेको एसपी केसीले बताए । केही च्यानलहरुले रिनाको बलात्कारपछि हत्या भएको भन्दै हचुवा समाचार प्रशारण गरेका थिए ।

उनकाे अाफ्नै डेरा अगाडी निर्बस्त शब भेटिएकाे थियाे । हत्या हाे वा मृत्यु भएकाे भन्नेमा प्रहरी अनुसन्धान जारी छ ।