कीवर्डहरू -

तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स हुने भएको छ ।

‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने मूल नाराका साथ हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन २०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको हो ।

महासम्मेलन आगामी चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंको होटेल याक एण्ड यतिमा आयोजना हुँदैछ । यस महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछ, जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरु, पुर्व गभर्नर, सचिवहरुसहित अन्तराष्ट्रिय सहकारी विज्ञहरुको प्रस्तुति रहने छ। साथै, अस्ट्रेलिया, जापान, भारत लगायतका  विज्ञहरुको पनि मुख्य प्रस्तुति रहनेछ ।

यस अघि सन् –२०१८ अप्रिल ४-५ मा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने थिमका साथ दोस्रो महासम्मेलन गरिएको थियो । महासम्मेलनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवी न्यूनीकरणमा आफ्नो क्षेत्रको भूमिका बढाउनेलगायतका विषयहरु समेटेर १० बुँदे घोषणापत्र जारी गरेको थियो ।

महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५-५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएको राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कँडेलले जानकारी  दिए ।

सम्मेलनको डिजिटल पार्टनरको रुपमा रहेको इन्फोडेभलोपर्स सहकारी तथा लघुवित्तका लागि विभिन्न सफ्टवेयर प्रडक्ट र परियोजनामा काम गरिरहेको कम्पनी हो ।

यस कम्पनीले सहकारीहरूको लागि कोर बैंकिङ्ग , मोबाइल बैंकिङ्ग, बजार प्रतिनिधिहरुले सहकारी र लघुवित्तका सदस्यहरु रहेको स्थानबाटै रकम जम्मा गर्न सक्ने सुविधाहरु दिँदै आएको छ ।