कीवर्डहरू -

डिशहोमको रिचार्ज गर्दा ५ जनाले जिते एक-एक लाख नगद

डिशहोमको रिचार्ज गर्दा ५ जनाले जिते एक-एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा ५ जनाले नगद रु‍ एक/एक लाख जितेका छन् । खोटाङका देबका आचार्य, रत्नकला बुढाथोकी, कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राईले  नगद एक/एक लाख पुरस्कार जितेका हुन् ।

डिशहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने योजना अन्तर्गत उक्त नगद पुरस्कार रकम प्रदान गरिएको हो ।

डिस मिडियाबाट क्षेत्रिय विक्री प्रबन्धक बिपिन्द्र न्यौपाने र अधिकृत बिजय पन्थिको उपस्थितिमा खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सैजु इन्टरप्राइजेज अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ्का डिलरदाईकोबाट डीसहोमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त पुरस्कार प्राप्त गर्न सफल भएका हुन्।

यस योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ ।

साथै यस अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछ ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम शाकेसमा हेर्न सकिने छ ।