कीवर्डहरू -

वर्ल्डलिंकको १४ हजार ठाउँमा फ्री वाइफाई

वर्ल्डलिंकको १४ हजार ठाउँमा फ्री वाइफाई

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले देशका १४ हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ।

कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको कम्पनीका सीईओ केशव प्रसाद नेपालले जानकारी दिए ।

नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीनजनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने गरेको कम्पनीको दाबी छ।

नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत ब्यान्डविथ प्रयोग गरेको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको छ। नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी रहेको वर्ल्ड लिंकले जनाएको छ ।

जुम्लामा पनि काठमाडौंकै जस्तो इन्टर सेवा उपलब्ध गराउन सक्षम रहेको कम्पनीका सीईओ नेपालले दाबी गरे । उनले भने, ‘हामीले जुम्लामा पनि काठमाडौं चलाउने इन्टरनेट नै उपलब्ध गराएका छौं।’ उनका अनुसार जुम्लामा १ हजार जना वल्डलिंकको प्रयोगकर्ताहरु पुगिसकेका छन् ।

यसैबीच, वर्ल्डलिंक आइसिटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ। यस कम्पनीले ०७९/८० मा १०औं ठूलो भ्याट योगदानकर्ताको सम्मानसमेत पाएको थियो। यसमा करिब ५ हजार जनाले रोजगारी पाएका छन्।

उनले फ्री वाइफाइमा इन्टरनेट चलाउने प्रयोगकर्ताहरुको डेटा सुरक्षित राखिएकोले ह्याक हुने वा अरु कसैले चलाउन सक्‍ने खतरा नरहेको दाबी गरे।

दैनिक २ लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेका छन्। मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेस्टुरेन्टलगायत मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको कम्पनीका  छ।

वर्ल्डलिंक कम्युनिकेसन्समा बेलायती सरकारको संस्था सिडिसी ग्रुप र डोल्मा फाउन्डेशनबाट लगानी भित्र्याएको छ। साथै कम्पनीले एक वर्षभित्रै  देशरभर एक हजार जनालाई रोजगारी सृजना गर्ने दाबी गरेको छ।

वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटी सेवा उपलब्ध गराउँदै आइरहेको छ।