कीवर्डहरू -

समाचार चोर्ने १५ पोर्टललाई नेपालमा नचल्ने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र 

समाचार चोर्ने १५ पोर्टललाई नेपालमा नचल्ने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र 

नेपाल प्रेस काउन्सिलले १५ वटा वेब पोर्टललाई नेपालभित्र नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

समाचार चोरी, नक्कल गरी पुनः प्रकाशन गर्ने १५ अनलाइनलाई नेपालभित्र प्रकाशन/प्रसारण नहुने व्यवस्था मिलाउन काउन्सिलले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको हो ।

न्युज एजेन्सी नेपालले उत्पादन गरी आफ्ना ग्राहकलाई पठाएको समाचार तपसिलका अनलाइनहरुले चोरी, नक्कल गरी पुनः प्रकाशन गरेको हुँदा कारवाही गरिपाऊँ भनी न्युज एजेन्सी नेपालबाट उजुरी दर्ता गरेको थियो ।

उक्त वेबपोर्टलहरुबाट सम्प्रेषित सामग्री अनुगमन गर्दा समेत हुबहु गरेकी पत्रकार आचारसंहिता प्रतिकूल भएको देखिनुका साथै उक्त वेबपोर्टलहरु नियमानुसार दर्ता एवं सूचीकरण भएको नदेखिएको भन्दै प्रेस काउन्सिलले निम्नानुसारको साइटलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

यस्ता छन् चोरी गर्ने वेब पोर्टल

\"\"