कीवर्डहरू -

इतिहासमा आज : माइक्रोसफ्ट विन्डोज ३.१ भर्सन, जसले डसमा आधारित विन्डोज विस्थापित गर्‍यो

इतिहासमा आज : माइक्रोसफ्ट विन्डोज ३.१ भर्सन, जसले डसमा आधारित विन्डोज विस्थापित गर्‍यो

आज ६ अप्रिल अर्थात प्रविधिको इतिहासमा आज माइक्रोसफ्टको विन्डोज ३.१ भर्सन सार्वजनिक भएको दिन । विश्‍वमा सर्वाधिक प्रयोग हुने सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सन् १९९२ मा ३.१ भर्सनको कम्प्युटर अपरेटर सिष्टम सार्वजनिक गरेको थियो ।

उक्त सिष्टमले आइबीएम र आइबीएम पीसी कम्‍प्युटरलाई सहायता गर्‍यो। विन्डोजको यो पहिलो उत्पादन नभए पनि यसले ग्राफिक्स गर्न पनि निक्कै मद्दत गरेको थियो त्यतिबेला।

यो प्रडक्टलाई त्यतिबेला १४९ डलरमा माइक्रोसफ्टले बजारमा ल्याएको थियो। जसले गर्दा डसमा आधारित विन्डोज सिष्टमहरु र हटेका थिए ।

यसका साथै माइक्रोसफ्टले म्यासिन्टोस अपरेटिङ सिष्टम पनि बनाएको थियो जसलाई पछि एप्पले आफ्नो कपिराइट क्लेम गर्‍यो।

माइक्रो सफ्टले ल्याएको ३.१ भर्सन अपरेटिङ सिष्टमले मल्टिमिडिया एक्सटेन्सन, साउण्डकार्डस्, मिडी र सीडी अडियो, सुपर भिजीए मोनिटर्स र ९६०० बीपीएसको मोडेमलाई सपोर्ट गर्थ्यो । पछि यसले रियल मोडलाई पनि विस्थापित गरिदियो।

यसका साथै पछि यसले ८०८६ मोडलको सीपीयूमा पछाडिको डकुमेन्ट पनि हेर्न सक्‍ने गरी फन्टहरु बनाइदियो। त्यसको लागि कन्ट्रोल, अल्ट र डिलिट (CRTL- ALT-DELT) तीन औलाले थिच्ने गरी प्रविधिको विकास गर्‍यो।

त्यतिमात्रै नभएर कुनै पनि वस्तुलाई छुट्टाछुट्टै बीचमा राख्न, काट्न र टास्न सक्नेगरी ओएलईको विकास गर्‍यो, जसले प्रयोगकर्ताहरुलाई यो एप्लिकेशनले थप सजिलो बनाइदियो।