कीवर्डहरू -

अब प्लेस्टोरका प्रयोगकर्ताले सम्पूर्ण डेटा मेट्न पाउने

अब प्लेस्टोरका प्रयोगकर्ताले सम्पूर्ण डेटा मेट्न पाउने

गुगगले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो डेटामा थप नियन्त्रण दिन नयाँ नीति ल्याउने घोषणा गरेको छ । भर्खरै गुगलले एउटा ब्लगमा कुनै पनि एन्ड्रोइड एप र त्यसको डेटा हटाउने अधिकार प्रयोगकर्तालाई नै दिनेगरी नयाँ नीति लागू गर्न लागेको उल्लेख गरेको छ।

यसअघि कुनै पनि प्रयोगकर्ताको अकाउन्ट र सम्बन्धित डेटा आधिकारिक रुपमा डिलिट गर्ने अधिकार एप डेभलपरलाई मात्र दिइएको थियो । तर, गुगलको उक्त घोषणासँगै कुनै पनि एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड एप अकाउन्ट मेटाउन चाहेमा पूर्ण रुपमा मेट्न पाउनेछन् ।

प्रयोगकर्ताले एप र वेब दुवैमा आफ्नो एप अकाउन्ट र डेटा डिलिट गर्न सक्ने गुगलले जनाएको छ ।  गुगलका अनुसार उक्त नीति सन् २०२४ मे ३१ तारिखदेखि लागू हुनेछ।

यो नीति लागू भएपछि अब डेभलपरले एप अकाउन्ट खोल्न र अकाउन्ट डिलिट गर्न प्रयोगकर्तालाई सहज तरिका बताउनुपर्नेछ जसका कारण उनीहरु आफ्नो अकाउन्ट आफै हटाउन र मेटाउन सकोस् ।

गुगलका अनुसार प्रयोगकर्ताले अब एक्टिभिटी, हिस्ट्री, इभेज, भिडियोलगायत डेटा एपबाट हटाउन सक्नेछन् भने यसको लागि डेभलपरले पनि त्यो अनुरोधलाई स्वीकारेर बाटो खुल्ला गरिदिनुपर्नेछ ।