कीवर्डहरू -

लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथिको प्रतिबन्ध हटाइयो

लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथिको  प्रतिबन्ध हटाइयो

काठमाडौं। लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ। बुधवार  मद्रास उच्च अदालतले प्रतिबन्ध हटाएको हो।

भारतको सर्वोच्च अदालतको विशेष आदेशपछि मद्रास उच्च अदालतले टिकटक माथि लगाइएको प्रतिबन्ध हटाएको हो।

भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भइरहेको थियो।

भारतमा मात्रै अहिलेसम्म ३० करोडपटक यो एप डाउनलोड भएको छ। ३ अप्रिलमा भारतको मद्रास हाइकोर्टले केन्द्रीय सरकारलाई टिकटक डाउनलोडिङमा रोक लगाउनका लागि आदेश दिएको थियो।

यो एपले पोर्नेग्राफी लाई प्रेरित गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।