कीवर्डहरू -

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, राइड शेयरिङ प्रभावित हुने

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, राइड शेयरिङ प्रभावित हुने

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो ।

निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको महासंघले गुनासो गरेको थियो ।

त्यसपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो परिपत्र जारी गरेको हो । गृहको परिपत्रसँगै अब राइड शेयरिङ सेवा पनि प्रभावित हुनेछन् ।

निजी सवारीको रूपमा दर्ता भएका सवारीसाधनलाई प्रयोग गरेर पठाओ, इन्ड्राइभर लगायतका कम्पनीले भाडा लिएर राइड शेयरिङ सेवा दिदै आएका छन् ।