कीवर्डहरू -

ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्न गूगलको प्रतिबन्ध

ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्न गूगलको प्रतिबन्ध

गूगलले ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्नमा प्रतिबन्ध लगाउने भएको छ ।

ऋण दिएको प्रयोगकर्ताहरुको निजी जानकारी चोरेर पैसा फिर्ता नदिएसम्म ती सैवेदनशील डेटाको आधारमा धम्की दिने जस्ता विभिन्न कार्यहरु भैइरहने गरेकाले गूगलले ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्नमा प्रतिबन्ध लगाउने नयाँ नियम ल्याएको हो ।

यो परिवर्तन मे ३१ देखि लागु हुनेछ । त्यसपछि एक्स्टर्नल स्टोरेज, फोटो, भिडियो, ठेगाना, कल लग वा सम्पर्क कुनै पनि पहुँच गर्न सकिदैन् ।

ऋण प्रदान गर्ने एपहरुले प्रयोगकर्ताको फोटोलाई बिगार्ने गरेर गलत रुपमा प्रयोग गरिरहेको पनि पाइएको थियो, जसकारण यो नयाँ नीति ल्याइएको हो । यस्तो घटनाहरु विशेषगरी भारत र केन्यामा बढ्दै गरेको पाइएको थियो ।

ऋण प्रदान गर्ने एपहरुले धेरै तनाव दिएर कतिपय प्रयोगकर्ताहरुले अहिलेसम्म आत्महत्या पनि गरिसकेका छन् । समयमै उचित निर्णय नलिएको भनेर गूगललाई धेरैले गुनासो गरिरहेका छन् ।