कीवर्डहरू -

खल्तीबाट वर्ल्डलिंकको बिल तिर्दा भ्याट फिर्ता र आईफोन १४ जित्ने मौका

खल्तीबाट वर्ल्डलिंकको बिल तिर्दा भ्याट फिर्ता र आईफोन १४ जित्ने मौका

खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारको रूपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्याण्ड जित्ने मौका पाउनेछन् ।

खल्तीको नयाँ अफरले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्नो बिल भुक्तानी झन्झटमुक्त गर्दै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। साथै यस अफरले वर्ल्डलिंक प्रयोगकर्ताहरूलाई खल्तीसँग सहज भुक्तानी गर्ने बानी बसाल्न पनि प्रोत्साहित गर्दछ ।

अफरमा सहभागी हुन वर्ल्डलिंकका प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ । ६ हप्ताको प्रवर्द्धन अवधिमा खल्ती मार्फत गरिने हरेक वर्ल्डलिंक भुक्तानी प्रयोगकर्ताले लक्की ड्रमा स्वतः प्रवेश गर्नेछन् ।

आइफोन १४ को बम्पर पुरस्कार घोसणा अन्त्यमा प्रदान गरिनेछ भने हरेक हप्ता एकजना भाग्यशाली बिजेताले स्मार्टब्यान्ड प्राप्त गर्नु हुनेछ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सबै प्रयोगकर्ताहरूलाई वर्ल्डलिंक बिल भुक्तानीमा अफरहरूबाट लाभान्वित हुन सबैलाई आग्रह गरे ।

यसका अतिरिक्त, खल्ती प्रयोगकर्ताहरूले ‘GOCASHLESS’ प्रोमोकोड प्रयोग गरि खल्तीबाट पहिलो पटक वर्ल्डलिङ्क भुक्तानीमा फ्ल्याट रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै, खल्तीमार्फत वर्ल्डलिङ्कको हरेक भुक्तानीमा भ्याट रकममा १०% रिटर्न पाउन सकिने छ । केवाईसी (KYC) भेरिफाइड खल्ती आईडी भएका कुनै पनि प्रयोगकर्ताले यो अफरमा भाग लिन सक्नेछन् ।