कीवर्डहरू -

सरकारले दिने अनलाइन सेवा एकीकृत रूपमा प्रदान गरिेने, ई-गभर्नेन्स ऐन यथासिघ्र ल्याइने

सरकारले दिने अनलाइन सेवा एकीकृत रूपमा प्रदान गरिेने, ई-गभर्नेन्स ऐन यथासिघ्र ल्याइने

सरकारले विभिन्न सरकारी निकायबाट प्रवाह गरिने अनलाइन सेवाहरू एकद्वार समाधान प्रणालीको अवधारणा अनुसार, सेवा प्रवाहको पहुचलाई बढी भन्दा बढी सहज बनाउन एकीकृतरूपमा प्रदान गर्ने व्यवस्था मिलाउने भएको छ ।

बिहीबार सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उपरोक्त कार्यहरू विद्युतीय सुशासन आयोगमार्फत गर्ने बताइएको छ ।

सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न इ-गभर्नेन्स ऐन यथासिघ्र संसदमा प्रस्तुत गरी पारित गर्ने पनि साझा कार्यक्रममा समेटिएको छ ।