कीवर्डहरू -

नेपालमै मोबाइल उत्पादन हुनेः सम्भाव्यता अध्ययन सुरु

नेपालमै मोबाइल उत्पादन हुनेः सम्भाव्यता अध्ययन सुरु

काठमाडौं। मेक इन नेपाल योजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ।

मेक इन नेपाल अभियान अन्तरगत नेपालमा मोबाइल फोन बनाउन वा पुर्ननिर्माण गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्न लागेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले यसको लागि एभरेष्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता नियुक्त गरेर संभाव्यता अध्ययनको लागि जिम्मा दिएको छ।

नेपालमा वर्षेनी २५ अर्ब भन्दा बढिको मोबाइल फोन आयात भईरहेको छ। यदि नेपालमा एसेम्बल्ड वा रिफर्बिस्ड गरेर १० प्रतिशत मात्रै बचत गर्न सकियो भने व्यापार घाटा घटाउन सकिन्छ।