कीवर्डहरू -

सहकारी संस्थाहरूलाई डिजिटल भुक्तानीमा जोड्न आइएमई पे र एम बैंक एपबीच सम्झौता

सहकारी संस्थाहरूलाई डिजिटल भुक्तानीमा जोड्न आइएमई पे र एम बैंक एपबीच सम्झौता

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंक एपबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंक एपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरे ।

सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले  आइएमई पे वालेटमा रकम लोड, सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुने जनाइएको छ ।