कीवर्डहरू -

५००० एमएएच ब्याट्रीका साथ शाओमीको रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक

५००० एमएएच ब्याट्रीका साथ शाओमीको रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक

शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी १२ सी, मिडियाटेक हेलियो जि ८५ प्रोसेसर द्वारा संचालित बजेट मैत्री स्मार्टफोन हो । रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्दछ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् जसले  हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२ सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ । रेड्मी  १२ सी स्मार्टफोनमा मिडियाटेक हेलियो जि ८५ प्रोसेसर चिपसेटका साथ् साथै ५००० एमएएच ब्याट्री जडान गरिएको छ ।”

शक्तिशाली पर्फोरमेन्सः अझ शक्तिशाली, अझ सहज

मिडियाटेक हेलियो जि ८५ प्रोसेसरद्वारा संचालित, रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । ६+५ जिबीसम्म विस्तारित र्याम र एक टेराबाईट स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२ सी छिटो र छरितो हुनुका साथै तपाईंको मनपर्ने भिडियो, फोटो, संगीत र खेलहरूका लागि पर्याप्त स्टोरेज पनि प्रदान गर्दछ ।

रेड्मी १२ सीको ५००० एमएएच ब्याट्रीले तपाईंलाई कलिङ, गेमिङ र भिडियो प्लेब्याक सजिलैसँग पूरा दिन ब्याकअप दिने काम गर्दछ । न्यूनतम डिजाइनसंगै पछाडि पट्टि अवस्थित फिंगर प्रिन्ट सेन्सरले तपाईंको फोन अनलक गर्न छिटो, सजिलो र सुरक्षित माध्यम प्रदान गर्दछ ।

डिजाइनको नयाँ स्तरः झन् रंगीन, अझै पृथक

रेड्मी १२ सी इमर्सिभ डिस्प्ले र अद्वितीय डिजाइनको साथ प्रतिस्पर्धाबाट अलग देखिने गरी डिजाइन गरिएको छ। ६.७१“ को ठुलो एचडी प्लस डिस्प्ले भएको रेड्मी १२ सी ले तपाइँको मनपर्ने चलचित्र र खेलहरूलाई अझै जीवन्त रुप प्रदान गर्दछ।

२०.६ः९ एस्पेक्ट रेसियो रहेको आकर्षक स्क्रिनले उत्कृष्ट अनुभवलाई सम्भव बनाउँछ । साथै, रिडिङ मोड राखेर स्क्रीन हेर्दा तपाईंको आँखाको सुरक्षा सुनिश्चित गर्दछ ।

हरेक फोटोका लागि तयारः कुनै पनि दृश्य, कुनै पनि समयमा

५० एमपीको मेन क्यामेरा सहितको रेड्मी १२ सीले थप डिटेल र अधिक लाईट क्याप्चर गर्ने क्षमता राख्दछ, जसले तपाईंलाई कुनै पनि समय र अवस्थाहरूमा अविस्मरणीय क्षणहरू छुट्न बाट बचाउँदै, स्पष्ट रूपमा रेकर्ड गर्न समर्थ बनाउँछ ।

उज्यालो शटहरू देखि रात्रि दृश्यहरू खिच्दा सम्म, शक्तिशाली एचडीआर र नाइट मोड क्षमताहरूले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि स्पष्ट शटहरू खिच्न सक्षम बनाउँछ ।

मुख्य फिचर :

Performance

• MediaTek Helio G85 processor

-  CPU upto 2.0GHz

• LPDDR4X+eMMC 5.1

3GB+32GB, 4GB+64GB 6GB+128GB

• Supports expandable storage up to 1TB

• Software

-  MIUI 13 based on Android12

Rear Camera

• 50 MP main camera

-f/1.8

• Auxiliary lens

• Video Recording

-1080P 1920 x 1080 30fps

-720P1280x72030fps

Front Camera

•  5MP selfie camera

-f/2.2

•  Video Recording

-1080P1920x108030fps

-720P1280x72030fps

Display & Design

• 6.71"HD+DotDropdisplay

- 1650x720

-  Refresh Rate:60Hz

-  20.6:9 aspect ratio

1500:1 contrast ratio

-  NTSC70%(typ)

• Dimensions

-168.76 x76.41 x 8.77mm

• Weight

- 192g

• Colors

-  Graphite Gray, Ocean Blue, Mint Green

• Unibody curved back with flat edge design

Battery & Charging

• 5,000mAh(typ)battery

• 10 Fast Charging

• 10 Win-box charger

• Micro USB

Audio

• 3.5mm headphone jack

Security

• Fingerprint Sensor

•  AI Face Unlock

Connectivity

• Dual SIM+ dedicated MicroSD

• Bands:

-GSM:B2/3/5/8

-   WCDMA:B1/5/8

-LTEFDD:B1/3/5/7/8/20/28

-LTETDD:B38/40/41

• Bluetooth 5.1

• Wi-FiProtocol:802.11a/b/g/n/ac

• Supports FM radio (with headphones)

रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म रु ५०० छुट पाउन सकिन्छ ।

बजार उपलब्धताः

रेड्मी १२ सी : ३ जिबी +३२ जिबी, ४ जिबी + ६४ जिबी, ६ जिबी +१२८ जिबी  गरि तीन स्टोरेज भेरियन्ट र तीन रंग( ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ र यो फोनको मूल्य क्रमशः रु. १३,४९९ , रु. १४,४९९ र रु. १६,९९९ रहेको छ । स्टोरेजलाई एक टेराबाईटसम्म स्टोरेज विस्तारित गर्न सकिन्छ ।

रेड्मी १२ सी अप्रिल ६, २०२३ देखि नेपालभरका सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध भइसेकेको छ  ।