कीवर्डहरू -

सिद्धार्थ बैङ्कको टिकटक भिडियो प्रतियोगितामा साहलाई ३० हजार नगद पुरस्कार

सिद्धार्थ बैङ्कको टिकटक भिडियो प्रतियोगितामा साहलाई ३० हजार नगद पुरस्कार

सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ आयोजना गरेको टिकटक भिडियो प्रतियोगितालाई विजेतालाई पुरस्कार वितरण गरेको छ । “बैङ्कमा बचत गर्नुका फाइदाहरू” शीर्षकमा भिडियो बनाई अधिकतम मन पराइएका तीन प्रतियोगीहरुलाई क्रमशः रु. ३०,०००, रु. २०,००० र रु. १०,००० नगद पुरस्कार प्रदान गरिएको हो ।

विजेताहरूलाई आज सिद्धार्थ बैङ्कको प्रधान कार्यालय हात्तीसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । विजेताहरूलाई बैङ्कका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे ।

यसैगरी बैङ्कले ग्लोबल मनी विककै अवसरमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो ।

यसका साथै बैङ्कले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू पनि आयोजना गरेको थियो, जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो ।