कीवर्डहरू -

एनसेल आजियाटाको सीइओमा जब्बोर कायुमोभ नियुक्त, चोङ पुनः मुख्यालय फर्किने

एनसेल आजियाटाको सीइओमा जब्बोर कायुमोभ नियुक्त, चोङ पुनः मुख्यालय फर्किने

एनसेलको मातृ कम्पनी आजियाटाको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त भएका छन् । हालै सम्पन्न आजियाटाको बोर्ड बैठकले कायुमोभलाई सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सिइओ जब्बोर कायुमोभ नेपाली दूरसंचार क्षेत्रका लागि नयाँ होइनन् ।

यसअघि नै उनी सन् २०१३ मेदेखि २०१६ अक्टोबरसम्म स्मार्ट टेलिकमको सीसीओ/सीइओ भएर काम गरिसकेका छन् । योभन्दा अघि पनि कायुमोभले २०११ अप्रिलदेखि २०१२ नोभेम्बरसम्म एनसेलको सीसीओ पदमा काम गरेका थिए ।

जब्बोरले टेलिया र भिम्पेलकम जस्ता दूरसंचार संस्थाहरूमा सीईओको रूपमा समेत काम गरिसकेका छन् । उनी डिजिसेल जमैकामा सीईओको रुपमा कार्यरत थिए । गत १६ जनवरीमा उनले डिजिसेल छाडेका थिए । भूतपूर्व सिइओ रहेका एन्डी चोङलाई भने बढुवा गर्दै आजियाटामै फिर्ता बोलाइएको छ ।

चोङलाई कम्पनीको नियमन, स्ट्र्याटेजिक कम्युनेकेसन, मार्केटिङलगायत हेर्ने जिम्मेवारी दिइएको छ । आजियाटाको मुख्यालय मलेसियाको राजधानी क्वालालम्पुर रहेको छ र चोङको यो नियुक्ति २०२३ जुन १ देखि लागु हुनेछ। चोङलाई आजियाटा समूहले सन् २०१९ नोभेम्बरमा एनसेलको सीइओ/प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।