कीवर्डहरू -

एप्पल स्टोरबाट ६ करोड बढीका आइफोन, एप्पल वाच र आइप्याड चोरी

एप्पल स्टोरबाट ६ करोड बढीका आइफोन, एप्पल वाच र आइप्याड चोरी

अमेरिकाको वासिङटन स्थित एप्पल स्टोरमा ५ लाख डलर अर्थात ६ करोड ५४ लाख बढीका एप्पल प्रडक्टहरु चोरी भएको छ । यो चोरी आईतबार करिब ७ बजे भएको थियो ।

यो समयमा स्टोर बन्द हुने हुँदा कर्मचारीहरले चोरी भएको बारे बिहान मात्रै थाहा पाएका थिए । चोरहरुले एप्पल पसलकै छेउमा रहेको कफि पसलको टवाइलेट भित्ता फोडेर चोरी गरेका थिए ।

कफि पसलको लक तोडेर त्यहाँबाट भित्र शौचालयमा गई भित्तालाई फोडेर चोरहरुले ५ लाख डलर बराबरको एप्पल प्रडक्टहरु चोरी गरेका हुन् ।

चोरिएको सामग्रीमा करिब ४३६ आइफोन, एप्पल वाच र आइप्याडहरु रहेका थिए । म्याक भने स्टोरबाट चोरी नभएको कर्मचारीहरुले बताएका छन् ।