कीवर्डहरू -

नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको अभियोगमा २१ वर्षे युवा पक्राउ

नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको अभियोगमा २१ वर्षे युवा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ्ग नगरपालिका वडा नं. १० घर भई हाल कास्की पोखरा महानगरपालिका वडा न. १६ बाटुलेचौर डेरामा बसी घर धनीको इन्टरनेट प्रयोग गर्ने २१ वर्षका सागर ढकाल रहेका छन् ।

नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुऱ्याउने उद्देश्यले विभिन्न समयमा साइबर हमला भएको देखिन आएकोले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाली सेनाले ब्यूरोले पत्र पठाएको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।

त्यसपछि साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उक्त गैर कानुनी कार्यमा २१ वर्षे ढकाललाई ब्यूरोको टोलीले चैत २३ गते पक्राउ गरेको हो ।

उनीमाथी विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतको चैत २४ गतेको आदेशले दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।