कीवर्डहरू -

एनआइसी एसियाले थप्यो ३ नयाँ शाखा

एनआइसी एसियाले थप्यो ३ नयाँ शाखा

काठमाडौं। एनआइसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्साको जगरनाथपुुुरमा एक गरी ३ नयाँ शाखा थपेको छ। 

बैंकले भक्तपुरस्थित राधेराधे र दुवाकोटमा शाखा खोलेको छ। राधेराधेको उद्घाटन वडा अध्यक्ष अमृतमान श्रेष्ठ र दुवाकोटको वडा अध्यक्ष शिवहरि केसीले गरेका छन्।

जगरनाथपुुुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले त्यहाँको शाखा उद्घाटन गरेका छन्। 

अब बैंकको शाखा संख्या २८१ पुगेको छ। बैंकका २८९ एटिएम, ४० एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैंकिङ सेवा केन्द्र छन्।