कीवर्डहरू -

मेमोरी चिप उत्पादनमा भारी कटौती गर्दै सामसुङ

मेमोरी चिप उत्पादनमा भारी कटौती गर्दै सामसुङ

सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो त्रैमासिक मुनाफामा ९६ प्रतिशत कमी आउने देखिएपछि मेमोरी चिप उत्पादनमा भारी कटौती गर्ने भएको छ ।

कोरोना महामारीका कारण विश्वभर आर्थिक मन्दीको असर परेपछि विक्रीमा भारी गिरावट आएको भन्दै सामसुङले मेमोरी चिप उत्पादनमा भारी कटौती गर्न लागेको हो ।

साममुङको प्रारम्भिक तथ्याङक अनुसार जनवरीदेखि मार्चसम्मको नाफा ६०० मिलियन अर्थात करोड रुपैयाँ मात्र पुगेको छ, जबकी  गत वर्ष सामसुङको त्रैमासिकको कमाइ १४ ट्रिलियन वोन थियो।

मेमोरी चिप निर्माणमा सुस्तता आएपनि  शेयरमा भने ४ प्रतिशतले वृद्धि भएको सामसुङले जनाएको छ ।

‘हामीले विस्तारै मेमोरी चिपको उत्पादन घटाउँदै लगेका छौं। यसले पछि चिपको उत्पादन सप्लाइमा सुरक्षित गर्नेछ ।’ सामसुङको दक्षिण कोरिया टेक जाइन्टले भनेको छ।

\"\"

यतिमात्रै होइन कोरोनाको समयमा मानिसहरु सामसुङको सट्टा अरु नै नयाँ इलेक्ट्रोनिक्स डिभाइसहरु किन्नथालेपछि विक्रीमा कमी आएको जनाएको छ ।

सामसुङको मेमोरी उत्पादनमा विगत २ वर्षमा केही सुधार भएपनि बजारमा माग र सप्लाइका कारण सामसुङका म्यानिफ्याक्टर्सहरुले अझै संघर्ष गर्नु परिरहेको छ ।

‘जब विश्वव्यापी रुपमै आर्थिकमन्दी लाग्यो। त्यतिबेला अचानक मेमोरी कार्डको माग नै स्वात्तै घट्यो,’ बेन एण्ड कम्पनीका प्रबन्धक तथा अनुसन्धानकर्ता पेटर हानबेरीले भने , ‘ निर्माताहरुले चिप बनाउनको लागि अर्डर नै गर्न छाडे। खाली उनीहरु बेच्नतिर बढी केन्द्रित भए।

उनले यसपछि भने स-साना म्यानुफ्कयाचर्सहरुले झन सप्लाइ गर्न कठिन हुँदैजाँदा उच्चगतिको माग एकैपटक सुकेर गएको बताए । उनले भने , ‘ - साना म्यानुफ्याक्चरहरुले सप्तलाइ चेन नै भत्कियो । त्यसपछि धेरै माग भएको ठाउँमा पनि माग नआएपछि सप्लाइ एकैपटक सुकेर गयो।’

सामसुङ विश्वकै ठुलो टेलिभिजन, टेबलल र स्मार्टफोन बनाउने कम्पनी हो। तर,  विश्व आर्थिक मन्दीले उसले आफ्ना प्रतिस्पर्धीभन्दा निक्कै धेरै मेमोरी चिप उत्पादनमा कटौती गर्नु परेको जनाएको छ ।