कीवर्डहरू -

नासाले पठायो वायु प्रदूषणको गुणस्तर नाप्ने डिभाइस \'टेम्पो\'

नासाले पठायो  वायु प्रदूषणको गुणस्तर नाप्ने डिभाइस \'टेम्पो\'

अमेरिकी अन्तरिक्ष स्पेस एजेन्सी नासाले एलन मस्कको कम्पनी स्पेस एक्ससँग मिलेर अन्तरिक्षमा प्रदूषण नाप्ने डिभाइस पठाएको छ । यो डिभाइस पठाएसँगै अब अन्तरिक्षमै बसेर प्रदूषणको मापन गर्न सकिने नासाले दाबी गरेको छ ।

एलन मस्कले हावा प्रदूषणको गुणस्तर नाप्‍ने उक्त डिभाइसलाई  टेम्पो नाम दिएका छन् । उक्त टेम्पोलाई नासाले ७ अप्रिलमा अन्तरिक्षमा पठाए को छ ।

नासाले पठाएको यो टेम्पोले एटलान्टिदेखि प्यासिफिक महासागरसम्म तथा क्यानडादेखि मेक्सिकोसम्म ४ स्क्वाइर माइलको क्षेत्रमा आफ्नो काम गर्न सक्नेछन् ।  यो डिभाइसले अन्तरिक्षबाट यति धेरै धर्तीको प्रदूषण मापन गर्ने पहिलो टुल भएको नासाले दाबी गरेको छ ।

यसका साथै यसले प्रत्‍येक घण्टामा प्रदूषणको निगरानी को डेटा दिन सक्‍ने र प्रदूषण किन हुन्छ भनेर तीन मुख्‍य कारण पत्तासमेत लगाउन सक्‍ने नासाको जिकिर छ ।

वासिङ मेशिनको आकारमा रहेको यो डिभाइसले पृथ्वीले लगाउने चक्करसँगै घुम्नेछ अर्थात पृथ्वी जुन गतिमा घुम्नछ टेम्पो पनि त्यही गतिमा घुम्नेछ जसले पुरै दिनको पनि डेटा उलब्ध हुनेछ।

यसले दिनभरी के के भयो र अब के हुन सक्छ भन्‍ने मौसमको पनि पुर्वानुमान गर्न सकिने नासाले जनाएको छ ।