कीवर्डहरू -

सामसङका ३ जना कर्मचारीले च्याटजीपीटीलाई दिए प्रयोगकर्ताको संवेदनशील डेटा

सामसङका ३ जना कर्मचारीले च्याटजीपीटीलाई दिए प्रयोगकर्ताको संवेदनशील डेटा

तीन जना सामसङका कर्मचारीले च्याटजीपीटीलाई प्रयोगकर्ताको संवेदनशील डेटा दिएका छन् । ती कर्मचारीले कम्तीमा पनि तीन चोटी च्याटजीपीटीसँग डेटा सेयर गरेको पाइएको छ ।

एक कर्मचारीले च्याटजीपीटीलाई सामसङ्गको सोर्स कोडमा कुनै एरर छ की छैन् भनेर जाँच गर्न लगाएका थिए, जसमा धेरै प्रयोगकर्ताहरुको संवेदनशील डेटाहरु हुने गर्छ ।

अर्काे कर्मचारीले कोड अप्टिमाइज गर्नका लागि च्याटजीपीटको प्रयोग गरेका थिए र तेस्रो कर्मचारीले च्याटजीपीटीमा सामसङ्गको मिटिङ हालेर माइन्युट बनाइदिन भनेका थिए ।

च्याटजीपीटीलाई दिइएको डेटाले नै त्यो थप प्रशिक्षित हुँदै जाने हुँदा नचाहेरै सामसङ्गका कर्मचारीले गरेको यस गल्तीका कारण च्याटजीपीटीसँग प्रयोगकर्ताको संवेदनशील डेटा सेयर भएको छ ।