कीवर्डहरू -

स्मार्ट स्कुलका यस्ता फाइदा

स्मार्ट स्कुलका यस्ता फाइदा

स्मार्ट स्कुल भन्नेबित्तिकै अध्ययन अध्यापन पद्धतिमा सहज र भरपर्दो शैली र व्यवस्था आएको बुझिन्छ । प्रत्येक विधार्थीको दैनिक क्रियाकलाप जस्तै हाजिर, रिजल्ट, अनुशासन, फि आदि अभिभावकले वेभ, मोवाइल याप मार्फत जानकारी पाउन सक्छन ।

स्मार्ट स्कुल बन्न आइसिटी पूर्वाधार, डिजिटल कन्टेन्ट, कम्प्लिट स्कुल इआरपी, हाइस्पिड इन्टरनेट आदि आवश्यकता पदर्छ । 

कुनै नोटिस, मिटिङ छ भने स्कूलले एसएमएस मार्फत जानकारी गराउन सक्छन् । काठमाडौको बढदो ट्राफिक जामलाई मध्यनजर गरेर जिपियस ट्राकिङ सिस्टम समावेस गर्न सकिन्छ । यसले स्कूल बसको लोकेसन, स्पीड, इन्धन इत्यादिको जानकारी हामी एउटै सिस्टमबाट पाउँछौ ।

यो प्रणालीलाई हरेक स्कुलमा विकास गर्न सकियो भने त्यसले पूरै परिवारलाई नै सूचना प्रविधिमय बनाई दिन सक्छ ।

पछिल्लाे समय विद्यालयका कक्षाकोठालाई डिजिटलाइज्ड गर्न समुदाय स्मार्ट टीभी तथा अन्य उपकरण जडान गर्ने, इन्टरनेट विस्तार गर्ने, प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन गर्ने र प्राविधिक जनशक्ति तयार पार्ने काम भइरहेको छ । योबाहेक विद्युतीय पुस्तकालय, कम्प्युटर कक्षा र सजिलो इन्टरनेट सेवा र्पुयाउन कसरत भइरहेको छ । 

स्मार्ट स्कुलका फाइदा ः

  • अनलाइन सूचनामा सहज पहुँच
  • नोट लेख्न डिजिटल माध्यम
  • टपिक बुझ्न डिजिटल टुलको सहयोग
  • अनुपस्थित विद्यार्थीका लागि स्मार्ट सोलुसन
  • सिकाइको बहुआयमिक तरिका
  • इन्टरयाक्टिभ टिचिङ इन्भाइरोमेन्ट
  • डिजिटल टुलले पेपरको विस्थापन गर्ने
  • मर्मत पनि सजिलो