कीवर्डहरू -

डिजिटल साक्षरताका लागि इसेवा मनि ट्रान्सफरले हस्तान्तरण गर्‍यो एन्ड्रोइड टिभी

डिजिटल साक्षरताका लागि इसेवा मनि ट्रान्सफरले हस्तान्तरण गर्‍यो एन्ड्रोइड टिभी

इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोरपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ ।

कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमका बिच शुक्रबार इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोईरालालाई सिजी ६५ एई फोरके यूएचजी एन्ड्रोइड टिभी र स्टेशनरी सामानहरू हस्तान्तरण गर्नुभएको हो ।

यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित अरेन्ज भाइब्स कर्डस फर कज २०२३ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स ग्रीन इनिसियेटिम, गर्ल एजुकेसन र फाइनानिसयल लिट्रेसी  क्षेत्रमा सक्रिय रहेको छ ।