कीवर्डहरू -

चीनको सांघाइमा ठूलो ब्याट्री फ्याक्ट्री निर्माण गर्ने टेस्लाको घोषणा

चीनको सांघाइमा ठूलो ब्याट्री फ्याक्ट्री निर्माण गर्ने टेस्लाको घोषणा

अमेरिकी कार निर्माता कम्पनी टेस्ला इन्कर्पोरेसनले नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ ।

टस्लाले चीनको सांघाइमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्न लागिएको सीईओ एलन मस्कले ट्वीटरमार्फत घोषणा गरेका हुन् । उक्त नयाँ ब्याट्री फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुने मस्कले बताएका छन्।

Tesla opening Megapack factory in Shanghai to supplement output of Megapack factory in California https://t.co/hDpqoyNeOx

— Elon Musk (@elonmusk) April 9, 2023

आइतबार सांघाइमा आयोजित परियोजनाको हस्ताक्षर समारोहमा भन टेस्लाका एक अधिकारीले भनेका छन्, ‘नयाँ प्लान्टले वर्षको तेस्रो त्रैमासिकमा जमिनको जोहो गर्नेछ । त्‍यसपछि २०२४ को दोस्रो त्रैमासिकमा यहाँबाट टेस्लाको उत्पादन सुरू हुनेछ।’

ब्याट्रीको नयाँ कारखानाले सुरूमा प्रत्येक वर्ष १० हजार मेगाप्याक युनिट उत्पादन गर्नेछ, जुन प्रतिघण्टा लगभग ४० गिगावाट ऊर्जा भण्डारण बराबरको हुनेछ । कम्पनीका उक्त उत्पादनहरू विश्वव्यापी रूपमा बिक्री गरिने सम्झौतामा उल्लेख छ ।

\"\"

यो चीनको लिन-ग्याङ विशेष क्षेत्र सांघाइ पाइलट फ्री ट्रेड जोनमा अवस्थित हुनेछ ।

लिन-ग्याङ विशेष क्षेत्रका लु युले  कारखानाको निर्माणले १०० अर्ब युआन अर्थात करिब १४.६ बिलियन अमेरिकी डलरभन्दा बढीको अर्को औद्योगिक क्लस्टर सिर्जना गर्ने अपेक्षा गरिएको बताएका छन् ।

यस्तै सांघाइ नगर सरकारका उपमहासचिव झुआङ मुदीले यो परियोजनाले नयाँ ऊर्जा-भण्डारण उद्योगको विकास र सांघाइको हरित र कम-कार्बन रूपान्तरणलाई नियन्त्रण गर्न  थप मद्दत पुग्ने बताएका छन् ।