नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम रु १०० सम्मको क्यासब्याक पाउने भएका छन् ।
उक्त अफर नेपाल भरी रहेका नेपाल पे क्यूआरका सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत्र २६ गते देखि २०८० वैशाख २ गतेसम्म उपलब्ध हुनेछ ।
नयाँ वर्ष २०८० मा नेपालभरि रहेका २३५,००० भन्दा बढी नेपाल पे क्यूआर मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने कम्पनीले विश्वास लिएको छ ।
हाल नेपाल पे क्यूआरको सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरूमा उपलब्ध रहेको छ ।