कीवर्डहरू -

इन्टरनेट सेवा प्रदायकहरूको विशेष भेला सम्पन्न, इन्टरनेट सेवालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय 

इन्टरनेट सेवा प्रदायकहरूको विशेष भेला सम्पन्न, इन्टरनेट सेवालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय 

इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक  सहितको उपस्थितिमा  बिशेष भेला  गरेको  छ । इन्टरनेट सेवा प्रदायकहरुका बीच सहकार्य गर्न आहवान  गरिएको थियो ।

उक्त  भेलामा सेवा प्रदायहरुको बृहत छलफल इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित,  मर्यादित र गरिमामय बनाउन  इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने लगायतका निर्णयहरू गरेको छ ।

भेलाले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको  लक्ष्यलाई आत्मसाथ गरी विश्व  मापदण्ड  अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुदिप पराजुलीले बताए ।

माथि उल्लेखित निर्णय कार्यानव्यन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले  आवश्यक कार्य गर्ने समेत भेलाको निर्णय छ ।

उक्त लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने,  SOP  निर्माण,   प्रक्रियागत  सुधार लगायतका आवश्यक कार्यहरु गर्ने पराजुलीले जानकारी दिए ।

यस्तै नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसंग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एबं गरिमामय बनाउनका लागि आवश्यक छलफल/ हातेमालो/ सहकार्य गर्दै जाने निर्णय गरेको छ ।

\"\"