नासाको इमेजिङ एक्स रे पोलारिमेट्री एक्सप्लोरर (आइएक्सपीइ) ले पृथ्वीभन्दा ६५ सय लाइट इयर टाढा क्र्याब नेबुला फेला पारेको छ । डोनट्को आकारमा रहेको क्र्याब नेबुला सन् १०५४ मा फुटेको सुपरनोभाबाट बनेको हो ।
यस सुपपरनोभाबाट निस्किएको क्राब पलसरको तौल दुई ओटा सूर्य बराबर रहेको छ । यसले ग्यास, सक वेब, म्याग्नेटिक फिल्ड, हाइ एनर्जी लाईट तथा तत्वहरुले सिर्जना गर्ने म्याग्नेटिक फिल्ड एकदमै आश्चर्यजनक तरिकाले बनाउने गर्दछ ।
यो नेबुला आकाशमा सबैभन्दा बढि अध्ययन गरिएको अन्तरिक्षको वस्तु हो । नासाको इमेजिङ एक्स रे पोलारिमेट्री एक्सप्लोररले यस्को तस्बीर खिचेर यस बारे अध्ययन गर्न झनै सहज बनाइदिएको छ ।