कीवर्डहरू -

अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन

अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन दिएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले सेवाग्राहीले विना कुनै अवरोध सेवा उपयोग गर्न पाउने गरी चुस्त रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

स्मार्ट टेलिकम प्रालिका सेवाहरु देशका केही स्थानहरुमा नचलेको भन्ने बुझीन आएको सन्दर्भमा प्राधिकरणले गम्भिर ध्यानाकर्षण जनाएको छ ।

‘दूरसञ्चार सेवालाई अति आवश्यक सेवाको रुपमा बर्गिकरण गरिएको दूरसञ्चार सेवा प्रदायकले दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म नियम कानुनको पालना गर्दै निरन्तर दूरसञ्चार सेवा संचालन गर्नु पर्ने दायित्व रहन्छ,’ निर्देशनमा भनिएको छ ।

अत्यावश्यक सेवाको रूपमा रहेको दूरसंचार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म सेवाग्राहीहरुले विना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी दूरसञ्चार सेवा चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ ।