कीवर्डहरू -

अलिबाबाले सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने

अलिबाबाले सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने

चिनियाँ बहुराष्ट्रिय ई-कमर्स कम्पनी अलिबाबाले विश्वभर रहेका आफ्ना सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने घोषणा गरेको छ । सबै प्रतिस्पर्धीभन्दा अगाडि बढ्न च्याटबोट टोंगी कियानवेन प्रयोग गर्न लागेको हो ।

मंगलबार अलिबाबाले एक विज्ञप्तिमार्फत कियानवेयनको माध्यमबाट उत्पादन गर्ने जनाएको छ। सुरूवातमा उक्त च्याटजीपीसँग चिनियाँ र अंग्रेजी भाषा हुनेछ, जसलाई डिंकटक सफ्टवेयर कम्‍युनिकेशनले बनाउनेछ भने टीमल जिनीले स्मार्टहोम अप्लाइन्सेजमा काम गर्ने गरी तयार गर्नेछ । यो घोषणा सँगै हङकङमा अलिबाबाको सेयर ३ प्रतिशतले बढेको छ भने बैदुको सेयर ६ प्रतिशतले घटेको छ ।

२०२३ को अलिबाबा क्लाउड समिटममा उसको भनेको थियो, ‘ निकट भविष्यमै उद्यम सञ्चारदेखि इकमर्ससम्म अलिबाबाको सबै उत्पादनमा च्याटजीपीटीले नै चलाउनेछ। तर कति समय लाग्छ भन्ने कुरा अलिबाबाले कतै  उल्लेख गरेको छैन ।

अलिबाबा ग्रुपका अध्‍यक्ष तथा सीईओ तथा अलिबाबा क्लाउडका सीईओ डेनियल झाङले भने, ‘हामी अहिले परिवर्तनको दौडमा छौं जुन जेनरेटिभ एआई तथा क्लाउड कम्प्युटिङद्वारा सञ्चालित छ। र यसलाई सबै क्षेत्रका व्यवसायीहरुले आफ्नो उत्पादनमा लागू गर्न अग्रसर भइसकेका छन् । उनीहरु धमाधम च्याटजीपीटी लागू गरिरहेका छन्। किनकी उनीहरुलाई पनि अरुभन्दा एक कदम अगाडी बढ्नु छ।’  यसबारेमा अलिबाबाले गत फेब्रुअरी महिनादेखि नै च्याटबोटमा काम गर्नेगरी तयारी थालिसकेको जनाएको छ ।

‘नयाँ मोडेलको यो च्याटबोट एआईले अलिबाबाको सबै प्रकारको व्यापारमा सघाउनेछ र विस्तारै प्रयोगकर्ताहरुको अनुभव पनि संगाल्दै आफूलाई भविष्यमा थप परिस्कृत गर्दै लैजानेछ। ’ कम्पनीले विज्ञप्तिमार्फत दाबी गरेको छ।

यसका लागि अलिबाबाले आफ्ना ग्राहकलाई टोंगी कियानवेयनलाई क्लाउडमा सहयोग गर्न र धेरै बोल्न भाषाहरुको पनि वैकल्पिक मार्ग दिनेछ । यतिमात्रै होइन अलिबाबाको उक्त एआईले धेरै भाषाहरु सहजै च्याटबोटले बोलेर सामानको बारेमा जानकारी दिन सक्नेछ।

उक्त च्याटबोटमा आवाज गुणस्तरीय हुनेछ भने सूचना र डेटा ग्राहकबाट लिनेछ । चिनमा रहेका अलिबाबाका ग्राहकहरुले भने यो सुविधान चाँडै पाउने दाबी गरिएको छ ।

हाल चिनियाँ डेभलपर्सहरु यो च्याबोटलाई ठूलो मात्रामा परीक्षण गरिरहेका छन् । पछि यही च्याटबटमार्फत ग्राहकहरुले आफ्ना गुनासा गर्न सक्नेछन्।