कीवर्डहरू -

दराजबाट नथिङ फोन किन्न सकिने, कति होला मूल्य ?

दराजबाट नथिङ फोन किन्न सकिने, कति होला मूल्य ?

लोकप्रिय इ-कमर्स प्लेटफर्म दराजबाट नथिङ फोन खरिद गर्न सकिने भएको छ । चैत २८ गतेदेखि बैशाख ९ गतेसम्म नथिङ फोन खरिद गर्ने ग्राहकहरूले विशेष सुविधा पाउनेछन् ।

वैशाख ९ गतेसम्म किन्दा दराजको १० हजारको भौचर पाइने छ । यसका साथै ब्रेकेज बीमा, १ वर्षको वारेन्टी र शुन्य प्रतिशत ईएमआईमा किन्न सक्ने जनाइएको छ ।

नेपालमा स्मार्टवेयर र ग्याजेट एक्सेसरिजको अग्रणी प्रदायक टेक स्टुडियोले आधिकारिक वितरकको रुपमा नथिङ फोन उपलब्ध गराएको छ ।

नथिङ फोन एक सुविधायुक्त स्मार्टफोन हो, जसले किफायती मूल्यमा टप-अफ-द-लाइन स्पेशिफिकेसनहरू प्रदान गर्दछ ।

यसको स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, र उन्नत क्यामरा प्रणालीको साथ, ‘नथिङ फोन’ प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्राविधिक ज्ञान भएका व्यक्तिहरूका लागि उत्तम विकल्प हो ।

फोन किन्दा पाउने भौचर ग्राहकहरूले रु अतिरिक्त सामान वा उत्पादनहरू खरिद गर्न प्रयोग गर्न सक्नेछन् । फोन ब्रेकेज बीमा पाउने छन् ।

नथिङ फोन किन्न चाहने तर कम बजेटमा रहेका ग्राहकहरूका लागि यो फोन शुन्य प्रतिशत ईएमआईमा पनि उपलब्ध छ । यसको अर्थ ग्राहकहरूले कुनै पनि ब्याज वा अतिरिक्त शुल्क नतिरिकन फोन खरिद गर्न सक्नेछन् ।

नेपालमा नथिङ फोन दराजमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको टेक स्टुडियोले जनाएको छ । नेपालमा नथिङ फोनको मूल्य ७१ हजार ९९९ रूपैयाँ तोकिएको छ, जसमा ८ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज रहेको छ ।