सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ । मंगलबार भियतनामी भाषामा सशस्त्र प्रहरीको आधिकारिक पेजबाट अनाधिकृत पोष्ट भएपछि पेज ह्याक भएको आशंका गरिएको हो ।
सशस्त्र प्रहरी बलको फेसबुक पेजबाट ३ घण्टा अगाडि ‘ai đâu trở lại mùa thu trước"’ लेखी अनाधिकृत पोस्ट गरिएको छ ।
पेजबाट अनाधिकृत पोष्ट भएपछि सशस्त्र प्रहरीको टोलीले पेजलाई पुनः परानै अवस्थामा फिर्ता ल्याउन काम गरिरहेको छ ।