कीवर्डहरू -

एआईले पढ्न थाल्यो कुवेतमा समाचार

एआईले पढ्न थाल्यो कुवेतमा समाचार

कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत टाइम्सको सहयोगमा कुवेत न्‍यूजमा मानिसले जसरी नै समाचार पढ्न थालेकी छन् ।

फेदा कालो रङको ज्याकेट, सेतो रङको टीसर्ट र खैरो कपालमा टेलिभिजनको स्क्रिनमा देखिएकी हु्न् ।

उनले अरबी भाषामा भनेकी छिन्, 'म फेदा हो। कुवेतमा पहिलो प्रस्तुतकर्ता जसले कुवेत समाचारमा कृत्रिम बौद्धिकताका साथमा काम गर्दैछु। तपाई कस्तो खबर मन पराउनुहुन्छ रु तपाईको विचार भन्‍नुस् ।'

أول مذيعة في #الكويت تعمل بالذكاء الاصطناعي

#فضة .. مذيعة #كويت_نيوز الافتراضية

• ما هي نوعية الأخبار التي تفضلونها بتقديم #فضة زميلتنا الجديدة؟ .. شاركونا آراءكم pic.twitter.com/VlVjasSdpb

— كويت نيوز (@KuwaitNews) April 8, 2023

कुवेती मिडिया आउलेटले आर्टिफिसयल इन्टेलिजेन्टस्‌को प्रयोग गरेर एउटा समाचार वाचक बनाएको दाबी गरेका छन् ।
कुवेती समाचारका निमित्त प्रधानसम्पादक अब्दुलाल बोफ्टेनले एएफपी समाचार एजेन्सीसँग भने, 'समाचारमा एआईको नयाँ र इन्नोभेटिभ कन्टेन्ट पस्किने परीक्षण गरेका हौं।'

बोफ्टेनले कुवेती उच्चारण र अनलाइनमा समाचार पनि पढ्न सक्‍ने बताएका छन् ।

'फेदा एउटा लोकप्रिय र पुरानो कुवेती नाम हो जसलाई चाँदीको प्रतीक जनाउँदछ। हामी सधै रोबोटको चाँदी तथा धातुको रंगको कल्पना गर्ने गर्छौं,' उनले भनेका छन्, 'त्यसकारण हामीले दुवैलाई एकै ठाउँमा फेदालाई मिलाएर बनाएका हौं।'

एआई समाचारवाचिका फेदाको खैरो रङको कपाल र हल्का रंगको आँखाले कुवेती नागरिक र प्रवासीमा कुवेतीहरुलाई झल्काइरहेको उनले बताएका छन् ।

तर कुवेत एआई समाचार वाचिका प्रस्तुत गर्ने पहिलो देश भने होइन। सन् २०१८मा चीनको समाचार एजेन्सीले पनि यस्तै भर्चुअल समाचार वाचकको सुरूवात गरेको थियो।