कीवर्डहरू -

दराजको नयाँ वर्ष अफर, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजको नयाँ वर्ष अफर, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजले नयाँ वर्षको अवसरमा आफ्ना वार्षिक अभियान अन्तर्गत ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ ।

‘किनौं सबै दराजमा’ भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्मममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र विक्रेतालाई एक आपसमा जोड्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको दराजले जनाएको छ ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको भन्दै नयाँ वर्ष अफर सार्वजनिक गरिएको बताइन् |

नयाँ वर्षको अवसरमा दराज नेपालले विभिन्न विक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको छ । कम्पनीका अनुसार अफर अन्तर्गत मेगा गिभ-अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भौचरमा ५००० रुपैयाँसम्मको छुट र प्रि -पेमेन्टमा १००० रुपैयाँसम्म छुट  उपलब्ध रहेको छ ।

नबिल बकैं, ग्लोबल आईएमई, एनआईसीएसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरुले प्रि -पेमेन्टमा २० प्रतिशत (१ हजारसम्म)छुट लिन सक्ने दराजको भनाइ छ |

त्यसैगरी, ग्राहकहरूले आईएमई पे मार्फत प्री पेमेन्टमा १० प्रतिशत अधिकतम २०० र इसेवा मार्फत १० प्रतिशत अधिकतम १०० सम्मको छुट पाउन सक्नेछन् । दराजको नयाँ वर्ष अफर अप्रिल २० सम्म लागु हुनेछ ।