कीवर्डहरू -

आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान किन्दा १० प्रतिशत छुट

आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान किन्दा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले  १० प्रतिशत वा १,००० रुपैयाँसम्म छुट पाउनेछन् ।

छुट पाउनका लागि प्रयोगकर्ताहरूले दराज ए्पबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एक जनाले एक चोटि मात्र छुट पाउनेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २८ देखि २०८० वैशाख १ गतेसम्म मान्य रहनेछ ।