कीवर्डहरू -

अनलाइनबाटै काठमाडौं महानगरपालिकालाई यसरी तिर्नुहोस् कर 

अनलाइनबाटै काठमाडौं महानगरपालिकालाई यसरी तिर्नुहोस् कर 

के तपाईले काठमाडौं महानगरपालिकालाई कर तिर्नुपर्ने छ ? अब चिन्ता नलिनुहोस् अनलाइनबाटै सजिलै तपाईले काठमाडौं महानगरपालिकालाई कर बुझाउन सक्नु हुनेछ ।

अब कर महानगरलाई कर तिर्नकै लागि कार्यालयसम्म जानुपर्ने छैन् । अनलाइनबाटै काठमाडौं महानगरपालिकालाई कर तिर्न सुरूमा काठमाडौं डट जीओभी डट एनपी (kathmandu.gov.np) वा इसर्भिस काठमाडौं डट जीओभी डट एनपी (eservice.kathmandu.gov.np) जानुहोस् ।

त्यसपछि अनलाइन कर भुक्तानीमा क्लिक गर्नुहोस् र प्रयोगकर्ता बक्समा आफ्नो ट्याक्स पेयर आईडी राख्नुहोस् । पासवर्डको ठाउँमा आफ्नो पासवर्ड राख्नुहोस् । यदी तपाईले पासवर्ड बिर्सनु भएको छ भने ‘पासवर्ड बिर्सनुभयो ? यहाँ क्लिक गर्नुहोस्’ भनेर लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।

ट्याक्स पेयर आईडी र पासवर्ड राखेपछि करदातामा क्लिक गर्नुहोस् र भुक्तानीमा क्लिक गरी भुक्तानीको एउटा विकल्प छनौट गर्नुहोस् । यदी एउटा भन्दा शीर्षकमा कर तिर्नुपर्ने छ भने तलपट्टी रहेकोमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईले अनलाइनबाटै कर भुक्तानी गर्नुसक्नुहुनेछ ।

यदी तपाईसँग ट्याक्स पेयर आईडी छैन् वा बिर्सनु भएको छ भने आवश्यक कागजात र विवरणसहित सम्बन्धि वडा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

\"\"