कीवर्डहरू -

अब तपाईले प्रयोग नगर्ने एपहरुलाई एन्ड्रोइडले अर्काइभ गर्ने 

अब तपाईले प्रयोग नगर्ने एपहरुलाई एन्ड्रोइडले अर्काइभ गर्ने 

एन्ड्रोइडले आफै तपाईले प्रयोग नगर्ने एपहरुलाई अर्काइभ गर्न थालेको छ । गूगलले तपाईको फोनमा स्टोरेज बचाउनका लागि प्रयोग नभएका एपहरुलाई आर्काइभ गर्न थालेको हो ।

यस फिचरले एलाई नहटाइकनै एपको महत्वपूर्ण पक्षहरुलाई हटाइ दिने गर्दछ । यसले एपको पर्सनल डेटालाई पनि हटाउँदैन् । एप प्लेस्टोरमा भएसम्म आइकनलाई क्लिक गरेर एपलाई फोनमा पुनः डाउनलोड गर्न सकन्छ ।

यस फिचरका कारणले प्रयोगकर्ताले आफ्नो डिभाइसबाट ६० प्रतिशत स्टोरेज खाली गर्न सक्छन् । तपाईको डिभाइसमा स्टोरेज नभएको समयमा तपाईले कुनै नयाँ एप डाउनलोड गर्न कोसिस गर्नुभएमा अटो अर्काइभ फिचर आउने गर्दछ । कुन एप धेरै प्रयोग गर्नुभएको छैन् भनेर बुझ्नका लागि सेटिङ्गको एप सेक्सनमा जानुपर्छ ।

यसले एपहरुलाई पनि फाइदा हुन्छ किनभने यो फिचर प्रयोग गरेपछि धेरै प्रयोगकर्ताको एप अनइन्स्टल गर्ने सङ्ख्या कम हुन्छ, जसकारण प्रयोगकर्तालाई लामो समयसम्म टिकाउन सकिन्छ ।