कीवर्डहरू -

कहिले आउला फोनपेको आईपीओ ? 

कहिले आउला फोनपेको आईपीओ ? 

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । फोनपेका सीईओ दिवस सापकोटाले आईपओ जारी गर्नका लागि तयारी सुरू गरेको बताए ।

‘फोनपे पब्लिक लिमिटेड कम्पनी हो । आईपीओका लागि तयारी गर्दै छौं,’ सापकोटाले आइसिटी समाचारसँग भने, ‘फाउनडेसनको काम सुरू भएको छ । ठ्याक्कै कहिले आईपीओ आउँछ भन्ने बारे अझै निर्णय भएको छैन् ।’

फोनपे नेपालको अग्रणी फिनटेक कम्पनी हो । फोनपेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्युआर मर्चेन्ट) आबद्ध रहेका छन् । फोनपे नेटवर्क मार्फत हाल दैनिक करिब रू. ५ अर्बको कारोबार हुँदै आएको छ । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् ।

एक करोड  ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।

गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् ।

डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउँदै जान थालेको छ ।