कीवर्डहरू -

वैध रुपमा कसरी डाउनलोड गर्ने अफलाइन फिल्म ?

वैध रुपमा कसरी डाउनलोड गर्ने अफलाइन फिल्म ?

अहिले हामी मध्य धेरैले स्ट्रिमिङ सेवा मार्फत नयाँ फिल्म तथा टिभी शोहरु हेर्न थालेका छौँ । तर स्ट्रिम गर्नका लागि इन्टरनेट चाहिने हुँदा यो सँधैभर सम्भव नहुन सक्छ । विशेषगरी कतै यात्रा गर्दै गर्दा इनटरनेट जोडेर शोहरु हेर्न अझै असम्भव हुन जान्छ ।

यही कारणले आज हामी इन्टरनेट कनेक्सन बिनानै एपहरुबाट कानूनी रुपमा फिल्म डाउनलोड गर्न सकिन्छ भनेर जानकारी दिदैछौँ । यसका लागि यी स्ट्रिमिङ सेवाहरु प्रयोग गर्न सकिन्छ ।

युट्युब

डाउनलोड गरेर सहजै अफलाइन भिडियो तथा शोहरु हेर्न मिल्ने एक एप युट्युब पनि हो । इन्टरनेट नभएको समयमा वा राम्रो नेटवर्क नभएको ठाउँमा गएमा युट्युबमा गई विभिन्न मनोरञ्जनात्मक शोहरु हेर्न सकिन्छ ।

यस भिडियो सेयरिङ प्लेटफर्ममा एकदमै विविध किसिमको कन्टेन्ट हुने गरेकाले पनि धेरैले युट्युबलाई मनपराउने गर्दछन् तर यसको एक कमि भनेको यसमा सबै भिडियो तथा शोहरु भने अफलाइन डाउनलोड गर्न नमिल्ने हुनसक्छ ।

भिडियो अपलोडकर्ताले भिडियो डाउनलोड गर्ने सेटिङ्ग दिएमा मात्रै भिडियो डाउनलोड गर्न सकिन्छ नभए भिडियो डाउनलोड हुँदैन् । यसोभन्दै गरेतापनि धेरैजसो पुरानो फिल्महरु अझै पनि युट्युबमा डाउनलोड गर्न योग्य नै रहेका छन्, त्यसकारण युट्युबबाट पनि कानूनी रुपमा भिडियो अफलाइन डाउनलोड गरेर हेर्न सकिन्छ ।

हाइटिभी

यदि तपाई एसियाली फिल्म तथा ड्रामाहरु रुचाउनुहुन्छ भने तपाईका लागि निःशुल्क फिल्म तथा ड्रामा हेर्नका लागि हाइटिभी सबैभन्दा उचित एप हुनेछ ।

विज्ञापन रहित हजारौँ शोहरु डाउनलोड गर्न मिल्ने यस एपमा विभिन्न विधाहरुको फिल्महरु अनलाइनमा निःशुल्क र अफलाइनमा आफ्नो डिभाइसमा डाउनलोड गरी हेर्न सकिन्छ । एपमा मुभि भनेर बेग्लै सेक्सन पनि रहेको छ जसकारण फिल्महरु डाउनलोड गर्न झनै सहज हुने गर्दछ ।

टेड

प्रयोगकर्ताले टेडमा केही नयाँ तथा ज्ञानवर्द्धक कुराहरु डाउनलोड गरेर घुमिरहेको समयमा पनि हेर्न सक्छन् । टेड एपमा गएर ल्यापटमा पछि हेर्नका लागि भिडियोहरु डाउनलोड गर्न सकिन्छ । टेडले डाउनलोडका लागि २ हजार ओटा कन्टेन्टहरु राखेको छ र यसमा अरु भाषामा सबटाइटल पनि उपलब्ध रहेको छ ।

आफ्नो डिभाइसमा फाइल ट्रान्सफर गर्नका लागि रातो बटनमा क्लिक गर्नुपर्ने हुन्छ । कुन शो डाउनलोड गर्ने भनेर निर्णय गर्न गाह्रो भएमा टेडको चर्चित लिस्टमा गएर पनि हेर्न सकिन्छ ।

यसले तपाईलाई मनपर्न सक्ने फिल्म डाउनलोड गर्न झनै सहज हुन्छ । यो एप निःशुल्क भएका कारण प्रयोगकर्ताहरुलाई यो एप चलाउन सहज हुन्छ ।

नेटफ्लिक्स

नेटफ्लिक्समा प्रयोग गर्न पैसा तिर्नुपर्छ । प्रयोगकर्ताले दैनिक सब्सक्रिप्सनबाट नै मुभि डाउनलोड गरेर हेर्न सक्छन् । डाउनलोड गर्दा कति ओटा स्क्रीनले एकै पटक हेरिरहेको छ भन्ने कुराले पनि फरक पार्दैन् ।

नेटफ्लिक्स आईओएस र एन्ड्रोइड भर्सनमा गएर डाउनलोड आइकनलाई खोजेर सजिलै फिल्महरु डाउलोड गरेर अफलाइन पनि हेर्न सकिन्छ ।

यस एपमा पनि कुनै कुनै फिल्महरु भने डाउनलोडका लागि उपलब्ध रहेका छैनन् तर धेरै जस्तो फिल्मका लागि यो फिचर उपलब्ध रहेको छ ।

यदि पिसीमा डाउनलोड गर्दै हुनुहुन्छ भने ब्राउजरको सट्टा डेस्क्टप एप हुनुपर्ने गर्दछ । म्याक वा लाइनक्समाभने नेटफिल्क्स एप नभएको कारणले यी डिभाइसहरुमा नेटफिल्क्स मार्फत एप डाउनलोड गरेर हेर्न मिल्दैन् ।

नेटफिल्क्समा जनरा वा किवर्ड मार्फत पनि सजिलै फिल्महरु खोज्न सकिन्छ । नेटफ्लिक्समा ट्रान्सफर स्पीड पनि राम्रो छ, जसकारणले तपाईको इन्टरनेट स्पीड राम्रो भएमा केही मिनेटमै पुरै फिल्म डाउनलोड गर्न सकिन्छ ।

अमेजन प्राइम

अफलाइन हेर्नका लागि अमेजन प्राइमबाट पनि सजिलै फिल्महरु डाउनलोड गर्न सकिन्छ । कुनै एपिसोडमा गएर केही समयसम्म थिचिरहेपछि पप अप मेन्युबाट फिल्मलाई डाउनलोड गर्न सकिन्छ । तर अमेजन प्राइमका लागि पनि पैसा तिर्नुपर्छ ।

डाउनलोड भएको चलचित्र हेर्नलाई माइ स्टफ भन्ने अपसनमा क्लिक गर्नुहोस् । अमेजन प्राइममा पुरानो देखि भर्खरै सार्वजनिक भएको सबै खालको फिल्महरु हेर्न सकिन्छ र यसमा थुप्रै बालबालिकाहरुलाई हेर्न हुने चलचित्रहरुको अप्सन पनि रहेको छ ।

गूगल टिभी

गूगल टिभी एपबाट पनि विभिन्न टिभी शो र फिल्महरु डाउनलोड गर्न सकिन्छ । यस एपमा तपाईले खरिद गरेका कन्टेन्ट करिब पाँच ओटा डिभाइसहरुमा डाउनलोड गर्न सक्नुहुनेछ ।

यसको प्रयोगकर्तामैत्री लेआउटका कारण कुनै पनि कन्टेन्ट फेला पार्न झनै सहज हुने गर्दछ । यो अमेजन प्राइमले जसरी नै काम गर्छ ।

यसमा युजर रेटिङको स्नापसट पनि हुने गर्दछ, जसका कारण कुन फिल्म राम्रो छ भनेर पनि छान्न सहज हुने गर्दछ । एकैपटक धेरै ओटा डिभाइसमा कन्टेन्ट डाउनलोड गर्न मिलेकाले परिवार तथा बालबालिकासँग घुम्न जाँदा विभिन्न डिभाइसमा डाउनलोड गरेर हेर्न सहज हुने गर्दछ ।