माइक्रोसफ्टले विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउन काम गर्ने भएको छ । अहिलेसम्म यसले मनिटरमा रहेको कुराको स्नापसट लिएर क्लिपबोर्डमा पठाउने गर्दछ ।
तर अब विन्डोज ११ मा प्रिन्ट सक्रीनले स्क्रीनको स्नापसटमात्रै नलिएर अझै धेरै फिचर भएको र स्क्रीनसट लिने फिचरको परिमार्जित टूल स्नीपिङ टूललाई खोलिदिने गर्दछ । स्नीपिङ टूलले प्रयोगकर्ताहरुलाई स्क्रीनको कुनै एक भागलाई मात्रै क्याप्चर गर्न दिन्छ ।
यसमा सबै कुरा एकैचोटि खिच्न पनि मिल्छ र कुनै एक भागलाई मात्रै खिच्न पनि मिल्छ । अहिलेपनि स्नीपिङ टूल विन्डो प्लस सिफ्ट प्लस एस थिचेर आउने गर्दछ तर प्रिन्ट स्क्रीनमै यो फिचरआएमा प्रयोगकर्तालाई झनै सहज हुन्छ । यो फिचर अहिले जाँचको अवस्थामा रहेको छ र चाँडै सावजनिक हुनेछ ।