कीवर्डहरू -

अमेरिकामै निर्मित चिप प्रयोग गर्ने मिसनमा एप्पल

अमेरिकामै निर्मित चिप प्रयोग गर्ने मिसनमा एप्पल

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेरिकामा निर्मित चिप प्रयोग गर्नेबारे एप्पलका सिईओ टिम कुकले एक कार्यक्रममा बोल्दै गर्दा बताएका हुन् ।

यसले गर्दा एप्पलले धेरै ताइवान जस्तो एसियाली मुलुकहरुमाथि भरपर्ने छैन् । अहिले ताइवानमा विश्वको ६० प्रतिशत चिप उत्पादन हुने गर्दछ । चीनसँग विभिन्न विषयहरुमा समस्या आइरहेका कारण एप्पलले पनि अमेरिकामै चीप बनाउने निर्णय गरेको हो ।

पर निर्भरतालाई कम गर्न अमेरिकाको एरिजोनामा एप्पलको चिप निर्माण प्लान्ट बन्दैछ, जुन् सन् २०२४ सम्ममा सुचारु हुनेछ । यस प्लान्टको प्रति महिना २० हजार चिप बनाउने क्षमता रहेको छ ।