कीवर्डहरू -

निर्वाचन आयोगले छपाइका लागि किनेका झण्डै २२ करोडका मेसिन प्रयोगबिहिन, छपाइमा १९ करोड खर्च 

निर्वाचन आयोगले छपाइका लागि किनेका झण्डै २२ करोडका मेसिन प्रयोगबिहिन, छपाइमा १९ करोड खर्च 

निर्वाचन आयोगले छपाइका लागि झण्डै २२ करोडमा खरिद गरेको अत्याधुनिक मेसिन प्रयोगबिहिन अवस्थामा रहेको तथ्य बाहिर आएको छ ।

महालेखाको ६० औं वार्षिक प्रतिवेदनले २१ करोड ८३ लाख ४० हजार बराबरका ३ थान अत्याधुनिक छपाइ मेसिन खरिद गरेपनि प्रयोग बिहिन अवस्थामा रहेको तथ्य बाहिर ल्याएको हो ।

आयोगले आर्थिक वर्ष २०७४।७५ मा रू.१० करोड ५५ लाख ४० हजारको हाई स्पिड डिजिटल कलर प्रिन्टर १ थान र रू.११ करोड २८ लाख मूल्यका २ थान छाड स्प्रिंड डिजिटल मोनोक्रोमसमेत रू. २१ करोड ८३ लाख ४० हजारको अत्याधुनिक छपाइ मेसिन खरिद गरेकोमा यस वर्ष पनि प्रयोगविहीन अवस्थामा छन् ।

सो बाहेक आयोगमा ९ श्यामश्चेत तथा ६ रंगीन मेशिन मध्ये ४ मेशिन चालु अवस्थामा रहेका छन् । आयोगले स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आचारसंहिता छपाइमा रू.७० लाख १ हजार, मतदान केन्द्रमा प्रयोगहुने कर्मचारी र प्रतिनिधि परिचयपत्र समेत छपाइमा रू.८० लाख ७२ हजार, मतदान केन्द्रमा प्रयोगहुने कार्ड छपाइमा रू.४१ लाख ९२ हजार मतदाता परिचयपत्र छपाइमा रू.६८ लाख ४४ हजार, मतदाता नामावली छपाइको लागि रू.६७ लाख ४९ हजार मतदाता शिक्षा सम्बन्धी छपाइमा रू.६६ लाख ४६ हजार र मतपत्र छपाइमा रू. १५ करोड २९ लाख ६७ हजारसमेत छपाइ कार्यमा रु.१९ करोड २४ लाख ७१ हजार खर्च गरेको छ ।

छपाइका कार्यका लागि खरिद गरेका मेशिनहरु सञ्चालन नगरी छपाइमा रकम खर्च गर्ने कार्य औचित्यपूर्ण नदेखिएको महालेखाको ठहर छ ।

विगतमा खरिद गरिएका मेसिन उपकरणको प्रयोग गर्ने सम्बन्धमा सार्वजनिक लेखा समितिले २०७७ भदौ२२ गते दिएको निर्देशन समेत कार्यान्वयन नभएको महालेखाले जनाएको छ ।