कीवर्डहरू -

विद्युतीय सुशासन आयोगका सीईओ विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित

विद्युतीय सुशासन आयोगका सीईओ विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित

विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधीकृत (सीईओ) ई. दिपेश विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित भएका छन् ।

आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाका आईटी विज्ञ समेत रहेका सीईओ विष्टलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित गरेका हुन् ।

मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् । गत असोजमा विष्ट ४ वर्षका लागि विद्युतीय सुशासन आयोगको सीईओमा नियुक्त भएका थिए ।

सूचना प्रविधिको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न, नीति निर्माण र सोको कार्यान्वयन गर्न उच्चस्तरीय आयोगको रूपमा विद्युतीय सुशासन आयोग गठन भएको थियो ।

जनतालाई सहज रूपमा अनलाइनबाटै सरकारी सेवा उपलब्ध गराउने गरी विष्टले काम गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्ः ‘राज्यलाई आधा धण्टा बत्ति गयो र सर्भर डाउन भयो भन्ने छुट छैन्’