कीवर्डहरू -

ग्लोबल आइएमई बैंकको शाखारहित ५ बैंकिङ सेवा सुरु

ग्लोबल आइएमई बैंकको शाखारहित ५ बैंकिङ सेवा सुरु

काठमाडौं। ग्लोबल आइएमई बैंकले अर्घाखाँचीको धनचौर, कास्कीको रुपाकोट, सुनसरीको जमुवा, लमजुङ्गको सातबिसे र धमिलिकुवामा ५ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ।

शाखारहित बैंकबाट निक्षेप खाता खोल्न, तोकिएको सीमा सम्मको रकम जम्मा गर्न तथा झिक्न, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन, कर्जाको व्याज भुक्तानी गर्न, डिसहोम, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्न, मोबाइल रिर्चाज गर्न लगायतका सेवा लिन सकिनेछ।