कीवर्डहरू -

ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयरको डेटा सुरक्षामाथि महालेखाले उठायो प्रश्न 

ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयरको डेटा सुरक्षामाथि महालेखाले उठायो प्रश्न 

एशियाली विकास बैंकको सहयोगमा तयार भएको ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयरको डेटा सुरक्षामाथि महालेखाले प्रश्न उठाएको छ ।

६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रयोग गर्दै आएको ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयरमाथि प्रश्न उठाइएको हो ।

एसियाली विकास बैङ्कको सहयोग कार्यक्रम पुँजी बजार र पूर्वाधार क्षमता सहयोग अन्तर्गत सार्वजनिक ऋण सञ्चालन तथा व्यवस्थापन गर्नको लागि ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयर २०७६ पुस १५ गतेबाट सञ्चालनमा रहेको छ ।

‘प्रणालीको मुख्य प्रयोगकर्ता कार्यालय आफै रहेको तर सपोर्ट युजर अथवा सिस्टम एड्मिनिस्ट्रेटरको रूपमा प्राप्त हुनुपर्ने पहुँच अधिकार एक अन्तर्राष्ट्रिय आपूर्तिकर्ता सँग रहेकोले तथ्याङ्क तथा प्रतिवेदनको गोपनीयता र सुरक्षामा विश्वस्त हुने अवस्था छैन,’ महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

थप सेवा उपलब्ध नगराई वार्षिक मर्मतबापत शुल्क बुझाउने प्रावधान सम्झौतामा रहेकोले सफ्टवेयरमा पहुँच प्राप्त गर्न आपूर्तिकर्तासँग पूर्ण रूपमा निर्भर हुने अवस्था रहेको महालेखाको ठहर छ ।